६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

काठमाण्डौ सहित देशभर चिसो बढ्यो,




काठमाण्डौ माघ ११, ( काठमाण्डौ उपत्यकामा आज यो सिजनको सबैभन्दा कम तापक्रम मापन भएको छ । आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो तापक्रम यो वर्षको जाडो सिजनको अहिलेसम्मकै सबैभन्दा कम रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनु भयो । यसअघि गएको सोमवार काठमाण्डौको न्यूनतम तापक्रम तीन दशमलव २ डिग्री मापन गरिएको थियो । आज दिउँसो काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सियस पुग्न सक्ने महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपात भएका कारण चिसो बढेको हो । आज जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ४, डडेलधुराको १ दशमलव ७ डिग्री, दीयापलको शून्य दशमलव ८ र धनगढीको १ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ६ : ५७ बजे