६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

मिनीबस र ट्रक ठोक्किदा कोहलपुरमा १ जनाको मृत्यु



कोहलपुर बाँके माघ ११। कोहलपुर नगरपालिका वडा नम्बर १४ पर्वतिपुरमा बस र ट्रक एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ।

आज बिहान अन्दाजी बिहान ७ बजेको समयमा नेपालगञ्ज बाट जाजरकोट जाँदै गरेको भे १ ख ४०३३ नम्बरको मिनीबस र न ५ ख ८५६६ नम्बरको ट्रक पर्वतिपुर स्थित आपसमा ठोक्किएको थियो ।

उक्त ठक्करबाट ट्रकका साहु जिल्ला रुपन्देही देवदह नगरपालिका ६ खैरेनी बस्ने राम कृष्ण गोतामेको मृत्यु भएको छ ।

मिनीबसमा सवार जिल्ला पश्चिम रुकुम सानोभेरी गाउँपालिका ३ चौकी बस्ने लोकेन्द्र विक र उनका श्रीमती रमकला विक घाइते भएका छन् ।

मृतकका शव शव गृहमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  १ : ४१ बजे