६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

आगोले जलेर बर्दियामा एक वृद्धको मृत्यु



बर्दिया माघ १२ । बारबर्दिया नगरपालिका–३, मुन्न्नागौढीमा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ। स्थानीय ८० वर्षीय चेतानन्द शर्माको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी सुधीर शाहीले जानकारी दिए। आगो ताप्ने क्रममा घाइते भएका शर्मालाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको थियो। तर, गम्भीर घाइते उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगञ्जस्थित भेरी अस्पताल पुर्‍याइएको थियो।

बिहीबार बेलुका आगोले पोलेर घाइते भएका उनको शुक्रबार उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको एसपी शाहीले बताए। बर्दियामा जाडोयाम लागे यता आगो ताप्ने क्रममा जलेर आठ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  १२ : ३१ बजे