७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

गायिका रचना रिमाल सवार गाडी दुर्घटना




कोहलपुर बाँके माघ १४ । चर्चित गायिका रचना रिमाल सवार गाडी दुर्घटना भएको छ । बाँकेको नेपालगन्जबाट दाङको लमहीमा आयोजित महोत्सवमा सहभागी हुन जाने क्रममा ट्रकले ठक्कर दिएको हो।

गायिका रिमाल सवार गाडीलाई बाँकेको सिक्टानजिकै बा प्र ०३।०१ ख र २११८ को नम्बरको ट्रकले ठक्कर दिएको हो।

ट्रकको ठक्करबाट गायिका रिमाल सवार ना १६ च ८३४३ नम्बरको स्कार्पियो क्षतिग्रस्त भएको छ।

रिमालसँगै स्कार्पियोमा सवार पत्रकार शिवु खनालका अनुसार दुर्घटना भए पनि सबैजना सुरक्षित छ्न्।

आइतबार साँझ पौने ५ बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको ट्रकले रिमाल सवार गाडीलाई ठक्कर दिएको थियो।

घटनामा गायिका रिमाल सुरक्षित छिन् भने पत्रकार खनालाई घुँडामा चोट लागेको छ। दुर्घटनामा परेको गाडीमा गायिका रिमालसहित तीनजना सवार रहेको पत्रकार खनालले बताए।

गायिका रिमालले गाडीमा केही क्षति पुगेको बताउँदै लमही महोत्सवमा हुने भनिएको मेरो साङ्गीतिक प्रस्तुति भोलिका लागि सारिएको बताएकी छन्।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १ : १८ बजे