७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माइक्रोबसको ठक्करबाट नेपालगन्जमा प्रहरी जवानको मृत्यु



कोहलपुर बाँके माघ १५,। नेपालगंज उपमहानगरपालिका(१८ स्थित माइक्रोबसको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ।

नेपालगञ्ज सडकमा भे।१ ख १६९७ नम्बरको माइक्रोबसले लु।१ ब २९३६ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिएको थियो ।

उक्त ठक्करबाट मोटरसाइकलमा सवार बर्दिया मधुवन नगरपालिका(८ घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान विकास डाँगीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । माईक्रोबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  १२ : १५ बजे