७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

रुस–युक्रेन युद्धकाबीच अमेरिकी हतियारको माग बढ्दो



एजेन्सीँ माघ १७ रुसले युक्रेनमा आक्रमण गरेयता विश्व बजारमा अमेरिकी हातहतियारको माग बढेको छ । सन् २०२३ मा अमेरिकाले सीमापार बजारमा २ खर्ब ३८ अर्ब डलर बराबरको हतियार बेचेको छ । अमेरिकी सरकारको प्रत्यक्ष संलग्नतामा ८१ अर्ब डलरको हतियार बिक्री भएको छ । यो अघिल्लो वर्षको तुलनामा ५६ प्रतिशतले धेरै हो ।

बाँकी हतियार भने अमेरिकी रक्षा उपकरण निर्माता कम्पनीहरूले बेचेका छन् । अमेरिकाले बेचेको हतियारको ठूलो हिस्सा युक्रेनको छिमेकी पोल्याण्डले किनेको छ । गएको वर्ष पोल्यान्डले १२ अर्ब डलर बराबरको सैन्य हेलिकप्टर किनेको थियो । शक्तिशाली रकेट प्रणालीका लागि पोल्याण्डले १० अर्ब डलर तिरेको छ भने ३ अर्ब ७५ करोड डलर युद्धपोतका लागि खर्च गरेको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ९ : २४ बजे