६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024
अन्तराष्ट्रिय

उपसभामुखको गुनासो : ३६ हजार घरभाडा दिएका छन्, ४४ हजार तिरिरहेकी छु

developer

  • २१ फाल्गुन २०७९, आइतबार

उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छन् ।

भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले उपसभामुखले पाउनुपर्ने कतिपय सुविधा आफूलाई दिन आनाकानी भइरहेको बताएकी हुन् ।

‘सांसद हुँदा त मैले त्यति वास्ता गरिनँ । तर उपसभामुख भएको मेरो अहिले एक महिना भयो । मेरो अधिकार, काम, कर्तव्य खोज्दै गएँ । मेरो सुविधा पनि खोज्दै जाँदाखेरि थुप्रै सुविधा रहेछ’ उनले भनिन् ।

पुरुषले महिलालाई र ठूलो पार्टीले सानो पार्टीलाई गर्ने व्यवहार अहिले पनि हेपाहा प्रवृत्तिको भएको उनको भनाइ छ । ‘त्यो भ्रष्टाचार होइन र, कस्तो लाग्छ तपाईंहरुलाई ?’ उपसभामुख रानाले प्रश्न गरिन्, ‘यहाँ ठूलो जसको पहुँच छ, उसलाई तुरुन्त सबैथोक हुने ।’