६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

आफ्नै बुवाको हत्या अभियोगमा एक जना पक्राउ



चितवन । आफ्नै बुवा ४१ वर्षीय रामशरण चेपाङको हत्या गरेको अभियोगमा ईच्छाकामना गाउँपालिका–३ चुम्लिङटार बस्ने २१ वर्षीय सुनिल चेपाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सुनिलले सामान्य वादविवाद हुँदा ढुङगाले प्रहार गर्दा गम्भीर घाइते भएका रामशरणको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिङ र अस्थायी प्रहरी पोस्ट फिस्लिङबाट खटिएको प्रहरीले सुनिललाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ७ : १३ बजे