६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

चार क्विन्टल गाँजासहित चितवनबाट दुई भारतीय नागरिक पक्राउ ।




योगान्तर संवाददाता काठमाडौ ४ – चितवनबाट झण्डै चार क्विन्टल गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तीन सय ९६ किलो गाँजासहित भारतको उत्तर प्रदेश सम्बल जिल्ला बैजई थानाका ४५ वर्षीय अनिल गिरी र कुतवपुर गाउँका ३७ वर्षीय राजपाल सिंह पक्राउ परेका हुन् ।

उनीहरुलाई प्रहरीले हिजो बेलुका सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरुलाई भरतपुर महानगरपालिका–१ को आँपटारीबाट पक्राउ गरिएको हो ।

उनीहरुले भारतीय नम्बर प्लेटको ट्रकमा क्याबिनको भागमा फल्स बटम बनाइ प्लास्टिकको बोरामा २८ पोका गाँजा लुकाइ–छिपाइ ल्याउँदै गरेका थिए । प्रहरी उपरीक्षक रामेश्वर कार्कीसहितको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई लागुऔषध ओसारपोसार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ( उज्यालो अनलाइन )

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ४ : ११ बजे