६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

कस्तुरीको ५ थान बिना नेपालगन्जबाट बरामद



कोहलपुर बाँके पुस ४- । सशस्त्र प्रहरीले ५ थान कस्तुरीको बिना बरामद गरेको छ । नेपालगन्जको जमुनाहस्थित सशस्त्र प्रहरीको प्रस्तावित भन्सार गुल्म जमुनाहाले बिहीवार भारतबाट नेपाल ल्याउँदै गरिएको अवस्थामा कस्तुरीको बिना बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

जमुनाहा भन्सारमा चेकजाँचका क्रममा एक जनाको झोलामा कस्तुरीको बिना ५ थान फेला परे पनि सोही क्रममा ती व्यक्ति फरार भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीले बरामद गरेको ८१ ग्राम तौलको ५ थान कस्तुरीको बिनालाई डिभिजन वन कार्यालय नेपालगन्जमा बुझाएको थियो । उक्त कस्तुरीको बिनालाई आबश्यक जाँचका लागि वन कार्यालयले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार पठाएको जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ३ : ५९ बजे