६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

भारतमा रहेको इजरायली दूतावास नजिक विस्फोट, इजरायलद्वारा ‘ट्राभल एडभाइजरी’ जारी




,
एजेन्सी पुस ११ – इजरायलले भारतमा रहेको इजरायली दूतावास नजिक भएको विस्फोटलाई ‘सम्भावित आतङ्कवादी हमला’ को संज्ञा दिँदै ट्राभल एडभाइजरी निकालेको छ ।

इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा रहेका आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी निकालेको हो । हिजो नयाँ दिल्लीको चाणक्यपुरीमा रहेको इजरायली दूतावास नजिकै विस्फोट भएको थियो ।

इजरायली दूतावासका प्रवक्ता गाय नीरले दिल्ली पुलिस र सुरक्षा टोलीहरूले विस्फोटको घटनाबारे अनुसन्धान गरिरहेकाे बताउनुभएको छ । यस्ता घटना फेरि हुने सम्भावना व्यक्त गर्दै इजरायलले ट्राभल एडभाइजरी निकालेको बीबीसीको खबरमा उल्लेख छ ।

सुरक्षा परिषद्ले इजरायली नागरिकहरूलाई भिडभाड हुने ठाउँहरू र विशेषगरी विदेशीहरू, इजरायलीहरू र यहूदीहरूको भ्रमण गर्ने ठाउँहरूमा नजान चेतावनी दिएको छ । इजरायली नागरिकहरूलाई रेस्टुरेन्ट, होटल, पबजस्ता सार्वजनिक ठाउँमा सतर्क रहन पनि अपिल गरिएको छ ।

यस्तै, उनीहरुलाई सकेसम्म आफ्नो पहिचान नखुलाउन र सामाजिक सञ्जालमा आफ्ना यात्राका योजनाहरू आदानप्रदान नगर्न पनि भनिएको छ । (उज्यालो )

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ७ : १४ बजे