६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

रुपन्देहीमा सात वर्षीया बालिकाको शव फेला




रुपन्देही पुस १४ – रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको शव फेला परेकाे छ । हिजाे शुक्रवारदेखि हराइरहेकी सात वर्षीया नन्दनी कुर्मीको शव फेला परेकाे प्रहरीले जनाएकाे हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहर भट्टले कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिनुभएकाे छ ।

हत्यामा संलग्न रहेको आशङ्कमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले बताउनुभयो ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ७ : ५८ बजे