६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

हाइसको ठक्करबाट एकको मृत्यु, क्षतिपूर्तिको माग गर्दै सडक अबरुद्ध




कोहलपुर बाँके पुस २०- बाँकेको राप्तीसोनारीमा हाइसको ठक्करबाट एक जना साइकल यात्रुको मृत्यु भएको छ ।
धामपुरमा भे १ ख ४१३६ नम्बरको हाइसको ठक्करबाट राप्ती सोनारी गा.पा ४ बुद्धचोक निवासी मगरुको घटना स्थलमै ज्यान गएपछि उचित क्षतिपूर्ति नपाएको भन्दै अहिले पीडित पक्षले पुर्व पश्चिम महेन्द्र राजमार्गको अगैयामा सडक अवरुद्ध गरेका छन ।

हुलाकी सडकखण्डको राप्तीसोनारी–४ धामपुरमा दाङबाट नेपालगन्ज आउँदै गरेको तीब्र गतिमा रहेको भे१ख ४१३६ नम्बरको हाइसको ठक्करबाट सोही वडाकै बैजापुरका ४५ वर्षीय मंगल थारुको मृत्यु भएको वडाध्यक्ष मीनराज खड्का (सन्तोष) ले जानकारी दिएका छन् ।

वडाध्यक्ष खड्काका अनुसार बिहीवार साँझ दाङबाट नेपालगन्जका लागि अगैया हुँदै बैजापुर भएर आउँदै गरेको उक्त हाइसले धामपुरबाट घरतर्फ जान लागेका थारुलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  १२ : ०६ बजे