६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

१ किलो ३ सय ग्राम सुन त्रिभुवन विमानस्थलबाट बरामद



काठमाडौं पुष २२, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३०० ग्राम सुन बरामद भएको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीका अनुसार शनिबार राति १२ः५ बजे फ्लाई दुबईबाट आएका एक जना यात्रुको साथमा सुन बरामद भएको हो ।

दुबईबाट आएकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्करले सुन लुकाएर ल्याएको उनले बताए । यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ७ : ०५ बजे