६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

बैजनाथ २ का किसान मकै खेतिमा आत्मानिर्भर



शिवानी वि.क बैजनाथ बाँके पुस २५, बाँकेको बैजनाथ गापालिका वडा नम्बर २ मकै बारीलाई मकै पकेट क्षेत्र घोषणा गरे संगै यहाका किसान मकै खेति गर्न थालेका छन् ।

वडाको खेतीयोग्य जमिनमा मकै खेती गर्न सकिने भन्दै पूर्ण रूपमा मकैमा आन्तनिर्भर बनाउने उदेश्यले चालू आर्थिक वर्षबाट वडालाई मकै पकेट क्षेत्र घोषणा गरिएको थियो ।

बैजनाथ गाउँपालिका वडा नम्बर २ मकैबारी लाई पकेट क्षेत्रको रुपमा लिए संगै स्थानीय देवी रोकाय मकै खेति गर्दै आएकी छिन् । उनको बारीमा चालू आर्थिक वर्षबाट नै उन्नत जातको मकै लगाइएको छ । मकै ९० देखि १२० दिनसम्म तयार भैसक्छ ।

उक्त मकैको हरेक बोटले दुई वटा घोगा लाग्छ । मकै खेतीबाट नै मनग्ये आम्दानी हुने गरेको उनी बताउछिन् । मकै खेति गर्न सजिलो पनि छ झन स्थानीय सरकारले पकेट क्षेत्र घोषणा गरे पछि बजारीकरणमा सजिलो भएको उनी बताउछिन् ।

मकै बढी उत्पादन हुने र सजिलै बजार पाउने भएकाले यहाँका किसानले राम्रो आम्दानी गरिरहेका छन् । मकै खेतिबाट नै यहाका नागरिकले मनग्ये आम्दानी गर्दै आएका छन् । यहाँका किसानले मकैको हरियो घोगा १० देखि १२ रुपैयाँ सम्ममा बिक्री गर्दै आएका छन् ।

हरियो मकै किन्न व्यापारी किसानको खेतबारीसम्मै पुग्ने गरेको देवी रोकायले जानकारी दिइन् । यहाँ उत्पादन भएको मकै कोहलपुर बजार लगायत आसपासका पालिका सम्म पुग्ने गरेको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ४ : ४५ बजे