६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

किसानको गुनासो स्थानिय सरकारलाई




कोहलपुर बाँके पुस २९( वास्तविक किसानलाई लक्षित गरि कार्यक्रम ल्याउन पर्ने बैजनाथ गाउँपालिका ७ का कृषकहरूले माग गरेका छन् । वास्तविक किसान लाई छनोट गरि पालिकाले कार्यक्रम छुट्टाउन स्थानीय सरकारलाई आग्रह गरेका छन् । किसानलाई माथि नउठाएसम्म देशको समृद्धि हुँदैन भन्ने कुराको हेक्का राख्न किसानले नीति निर्माण तहमा रहेका व्यक्तिलाई सुझाव दिए।

किसानलाई माथि उठाए मात्र देशको समृद्धि हुने बैजनाथ गाउँपालिका ७ का किसान खडि राम थारूले बताए । किसानहरूले उत्पादन गरेको सामाग्रीहरूमा विचौलियाको हाबी हुँदा समस्या उत्पन्न भएको हुदा यसमा स्थानीय सरकारले नीति नियम बनाउनुपर्ने उनले सुझाव दिए ।


हामीले उत्पादन गरेका सामाग्री बजारीकरण नपाउँदा समस्यामा परेको गुनासो गरे ।

स्थानीय तहका जनप्रतिनिधिले आगामी दिनमा कृषिलाई प्राथमिकता दिइ किसानमैत्री कार्यक्रम ल्याउन जोड दिएका छन् ।
बैजनाथ गाँउपालिकाले बिग बजेटको रूपमा सुचारु गरेको किसान संग पालिका अध्यक्ष कार्यक्रम अन्तर्गत यस्ता किसानहरूलाई जोड दिन जरुरी देखिन्छ ।

कृषि उत्पादन वृद्धि गर्न व्यवसायी किसानहरूलाई मात्र नभएर यस्ता किसानहरूलाई स्थानिय सरकारले प्राथमिकताका साथ कृषि कार्यक्रम ल्याउन आवश्यक छ । अनि मात्र किसान संग पालिका अध्यक्ष कार्यक्रम परिकल्पना र योजना सफल हुने छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १२ : ४७ बजे