काठमाण्डाै माघ १- काठमाण्डाैकाे टुँडिखेलमा माघी मनाउने क्रममा भीड अनियन्त्रित भएपछि च्यापिएर ११ जना घाइते भएका छन् ।
टुँडिखेलको गेटबाट भित्र जाने र बाहिर निस्कने क्रममा अनियन्त्रित भीडमा च्यापिएर उनीहरू घाइते भएका जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले जानकारी दिनुभयो । भीड नियन्त्रण गर्न प्रहरीले लाठी चार्जसमेत गरेको थियो ।
घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी ढुंगेलले बताउनुभयो । मगर र थारु समुदायका व्यक्तिहरू टुँडिखेलमा माघी मनाउन भेला भएका थिए ।