६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

प्रधानमन्त्री कप क्रिकेट स् आर्मीले कोशीलाई ९ विकेटले हरायो



काठमाण्डौ माघ ४, – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई हराएको छ । आज मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कोशीलाई ९ विकेटले हरायो ।

कोशीले दिएको ८९ रनको सामान्य लक्ष्य आर्मीले ९ ओभर ५ बलमा १ विकेट गुमाएर भेटायो । आर्मीका इमरान शेख र सन्तोष कार्कीले समान ३२ रन बनाए । कोशीका सुजन थपलियाले १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोशी २४ ओभर ४ बलमा ८८ रनमा अल आउट भयो ।

कोशीका कप्तान अङ्कित सुवेदीले सर्वाधिक ४१ रन बनाए । कोशीका ५ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् । आर्मीका शाहब आलमले ६ विकेट लिए । प्रतियोगितामा आर्मीको यो दोस्रो जित हो । आर्मीले ३ खेलमा ४ अङ्क जोडेको छ । कोशीको यो लगातार चौथो हार हो । (उज्यालो)

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ११ : ५२ बजे