६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

बजार अनुगमनमा तिव्र : लेबलिङबिनाको घ्यु बिक्रीमा रोक




कोहलपुर बाँके ५ – कोहलपुर नगरपालिकाले विहिबार पानी र डेरीमा उद्योगमा बजार अनुगम गरेको छ । कोहलपुर नगरपालिकाको उद्योग सहकारी तथा उपभोग्ता हित संरक्षण उप शाखाको आयोजनामा उपभोक्ताको स्वास्थयलाई मध्यजनर गरि नगरपालिकाले तेस्रो चरणको अनुगमन गरेको हो ।

नागरिकको दैनिक रुपमा प्रयोगमा आउने, दुध र दुग्धजन्य पदार्थको गुणस्तरीयतालाई मध्यनजर गरि डेरी उद्योग र पानी उद्योगहरुमा अनुगमन गरिएको बजार अनुगमन समिति संयोजक अग्नि प्रसाद आचार्यले बताउनु भएको छ ।

दूधबाट बनेका पनिर, बटर, छुर्पी, घिउ र खुला तथा प्याकिङ गरिएको दूधको विषयमा जानकारी लिन अनुगमन गरिएको उहाँले जानकारी दिनु भयो ।

उपभोक्ता संरक्षण ऐनअनुसार अत्यावश्यक पेय पदार्थ दूधमा अनिवार्य रुपमा उत्पादन, उपभोग्य र वस्तुको परिमाण र गुणस्तरसहितको लेबल उल्लेख गरिनुपर्छ तर कोहलपुरमा संचालनमा रहेका डेरी उद्योगले बिनालेबलको घ्युजन्य पदार्थ खुला रूपला बिक्री गर्ने गरेको पाइएको छ ।

अनुगमनका क्रममा कोहलपुर ११ मा रहेको ए वान डेरी उद्योग र देउती डेरी उद्योगले लेबल नराखि खुल्ला रूपमा राखेको घ्यु जन्य पदार्थलाई उपभोक्तालाई नबुझ्ने सर्तमा बितरण केन्द्रबाट हटाइएको छ । घ्यूजन्य पदार्थ खुल्ला रुपमा रहेको र उत्पादन मिती, म्याद सकिने मिति नराखेको भन्दै बजार अनुगमन टोलीले विहिबार
ए वान डेरी उद्योगबाट ४ किलो ५०० ग्राम र देउति डेरी उद्योगबाट १९ किलो घ्यु उपभोग्तालाई नबेच्ने प्रतिबद्धताका साथ बिक्रि स्थलबाट हटाइएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेका अधिकृत एकराज बुढाथोकीले कोहलपुर क्षेत्रमा सन्चालनमा आएका र अनुगमन गरिएका डेरीहरुले दूध उत्पादन, सङ्कलन, चिस्यान केन्द्र सञ्चालन, प्रशोधन, भण्डारण, ढुवानी तथा बिक्री वितरण गुणस्तर शुद्धता, उद्योग भित्रको सरसफाइ, ब्यक्तिगत सरसफाई, लेबलिङ, प्याकेजिङलाई तत्काल सुधार गर्न सुझाव दिनु भएको छ ।
उक्त अनुगमनका क्रममा सृजना सहकारी संस्थाको सरसरफाइको अबस्था निकै कमजोर, कच्चा दुध र प्रशोधित दुधको नियमित गुणस्तर जाच गरि अधिलेख राख्नु पर्ने भण्डारण ब्यवस्थित नभएको भन्दै तत्काल सुधार गर्न निर्देशन समेत दिएको छ ।

त्यसै गरि कोहलपुर नगरपालिका १० रामनगरमा संचालनमा रहेको झरना पानी उद्योगमा पानी उत्पादनमा लागू गर्नुपर्ने न्यूनतम मापदण्ड पालना गरे वा नगरेको विषयमा अनुगमन गरेको हो ।
उक्त पानी उद्योगले पालना गर्नु पर्ने मापदण्ड सबै पुरा गरि स्वच्छ पानी बिक्री गरेको पाइएको छ । अनुगमनमा स्थानीय सरकार, जनप्रतिनिधि पत्रकार लगायतको उपस्थिति हरेको थियो ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ५ : ५४ बजे