कोहलपुर बाँके माघ ११। कोहलपुर नगरपालिका वडा नम्बर १४ पर्वतिपुरमा बस र ट्रक एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ।
आज बिहान अन्दाजी बिहान ७ बजेको समयमा नेपालगञ्ज बाट जाजरकोट जाँदै गरेको भे १ ख ४०३३ नम्बरको मिनीबस र न ५ ख ८५६६ नम्बरको ट्रक पर्वतिपुर स्थित आपसमा ठोक्किएको थियो ।
उक्त ठक्करबाट ट्रकका साहु जिल्ला रुपन्देही देवदह नगरपालिका ६ खैरेनी बस्ने राम कृष्ण गोतामेको मृत्यु भएको छ ।
मिनीबसमा सवार जिल्ला पश्चिम रुकुम सानोभेरी गाउँपालिका ३ चौकी बस्ने लोकेन्द्र विक र उनका श्रीमती रमकला विक घाइते भएका छन् ।
मृतकका शव शव गृहमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ।