७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

विश्व सामाजिक मञ्चको १६औँ संस्करण काठमाण्डौमा हुने




काठमाण्डौ माघ १८, – विश्व सामाजिक मञ्च (वर्ल्ड सोसियल फोरम) को १६औँ संस्करणको सम्मेलन आउँदो फागुन ३ देखि ७ गतेसम्म नेपालमा हुँदैछ । काठमाण्डौको भृकुटीमण्डपमा हुने कार्यक्रममा झण्डै एक सय देशका युवा, महिला, दलित, आदिवासी, किसान, मजुदरलगायत ५० हजारभन्दा बढी प्रतिनिधि भेला हुने आयोजक विश्व सामाजिक मञ्च नेपालले जनाएको छ

कार्यक्रममा संसारभर बढ्दो आर्थिक असमानता र गरिबीको कुरालाई बढी महत्व दिइने आयोजक समिति सदस्य डा। नेत्र तिमल्सिनाले बताउनुभयो । विश्व सामाजिक मञ्च, सन् २००१ मा ब्राजिलमा ‘के अर्को विश्व सम्भव छ रु’  भन्ने नाराका साथ शुरु भएको नागरिक अभियान हो ।

अर्को विश्व भनेको सामाजिक न्यायसहित, समतामूलक, पहिचानसहितको मर्यादित र गरिमामय जीवन जिउन पाउने विश्व भएको अभियान्ताले बताएका छन् । वैकल्पिक विश्वमा विश्वास राखेर थुप्रै सामाजिक आन्दोलन र अभियान भइरहेका छन् । यस्ता मुद्दामा एकै ठाउँमा भेला भएर छलफल गर्ने अभियानलाई विश्व सामाजिक मञ्च भनिन्छ ।

मञ्चमा महिला अधिकार आन्दोलन, किसान अधिकार आन्दोलन, मजदुर, युवा, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, दलित अथवा जातीय विभेदमा परेका वर्ग समुदायका आवाज उठाइन्छ । कार्यक्रममा भारतका वातावरण अभियन्ता मेघा पाटेकर, पाकिस्तानकी मानव अधिकार अभियन्ता हिना जिलानी, क्युवाका महिला अधिकारकर्मी अलेजा ज्योवेरा लगायत संसारका प्रतिष्ठित व्यक्तिहरुको सहभागिता हुनेछ ।

समानान्तर रुपमा सञ्चालन हुने सम्मेलनका लागि गैरसरकारी संस्था महासङ्घलगायत संस्थाहरुले संयोजन गरिरहेका छन् । कार्यक्रममार्फत नेपालको सामाजिक तथा राजनीतिक आन्दोलनका उपलब्धिलाई अन्तर्राष्ट्रियकरण गर्ने अवसर मिल्नेछ भने पर्यटन क्षेत्रको विकासमा पनि सहयोग पुग्ने आयोजकले बताएका छन् ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ७ : ०५ बजे