७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

जापान र इरान एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश




काठमाण्डौ माघ १८, – एफसी एसियन कप फुटबलमा बहराइनलाई हराउँदै उपाधि दाबेदार जापान क्वाटरफाइनमा प्रवेश गरेको छ । कतारमा भैरहेको खेलमा हिजो जापान ३–१ गोलले विजयी भएको हो ।

यस्तै हिजोको अर्को खेलमा इरानले सिरियालाई हराउदै क्वाटरफाइनमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रोकिएपछि पेनाल्टिमा गएको खेलमा इरानले सिरियालाई ५–३ गोल अन्तरले हराएको हो । सेमिफाइनल प्रवेशका लागि अब जापान र इरानबीच खेल हुनेछ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ७ : ३८ बजे