काठमाण्डौ माघ २०, ( त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिनुभएको छ ।
व्यक्तिगत कारणले आफूले राजीनामा दिएको प्रहरी नायब महानिरीक्षक चन्दले जानकारी दिनुभएको । उहाँले भन्नुभयो, ुमैले मेरो व्यक्तिगत कारणले शुक्रवार राजीनामा दिएको छु, बाँकी अहिले म केही भन्दिनँ ।ु
चन्दको उमेर हदको सेवाअवधि आउँदो २०८१ चैत मसान्तसम्म रहेको थियो ।