७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

कोहलपुरमा जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादी पक्राउ



कोहलपुर बााके फागुन १ इलाका प्रहरी कार्यालय कोहलपुरले शारीरिक अपाङ्गता भएकी महिलालाई जबरजस्तीकरणी गरी फरार भएका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।

शारीरिक अपाङ्गता भएकी कोहलपुरका ३० वर्षीया महिलालाई जबरजस्तीकरणी गरी फरार रहेका गोदावरी नगरपालिका(५, नहरटोल कैलालीका ३९ वर्षीय गोविन्दप्रसाद बोहरालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार बोहराले ती महिलालाई उपचार गरिदिने निहुँमा पटक(पटक जबर्जस्तीकरणी गरेका थिए ।

बोहराले ती महिलाको अनुहारमा भएको दागको समस्या हटाउने औषधी आफूसँग भएको र औषधी उपचार गराई पूर्णरुपमा निको पारिदिने तथा बिहेसमेत गर्ने प्रलोभन देखाएका थिए ।

कोहलपुर नगरपालिका(२ मनकामना चोक नजिक कोठा लिई पटक(पटक जबरजस्तीकरणी गरेको र उक्त कुरा अरू कसैलाई भनेमा झारफुक गरेर भस्म गराइदिने भनी डरत्रास देखाएको उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

प्रतिवादी गोविन्द कोइरालालाई इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले प्रहरी वृत्त स्वयम्भूको सहयोगमा

काठमाडौँको नागार्जुन नगरपालिका(८ भीमढुङ्गाबाट पक्राउ गरी कोलपुर ल्याइएको कोहलपुर प्रहरीले जनाएको छ । पक्राउ परेका गोविन्द कोइरालालाई बाँके जिल्ला अदालतबाट सात दिनको हिरासतमा राख्ने आदेश अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रनाउ तिवारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ४ : २६ बजे