७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

दक्षिणी गाजाको सबैभन्दा ठूलो अस्पतालको सेवा बन्द,




एजेन्सी फागुन ६, – इजरायली सेनाले आक्रमण गरेपछि दक्षिणी गाजामा रहेको सबैभन्दा ठूलो अस्पतालको सेवा बन्द भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा। टेड्रोस अधानोम गेब्रेयससले डब्ल्यूएचओको टोलीलाई खान युनुस सहरको नासेर अस्पतालमा प्रवेश गर्न नदिइएको बतानुभएको बीबीसीले जनाएको छ । यस अस्पतालमा अहिले पनि झन्डै दुई सय जना घाइते र बिरामी उपचाररत छन् ।

डब्ल्यूएचओको टोलीले उनीहरुको अवस्थाबारे जानकारी लिन चाहेको थियो । इजरायली सेनाले कसैलाई पनि अस्पतालमा प्रवेश नदिएकाले त्यहाँभित्रका दुई सय जना घाइते र तथा बिरामीको अवस्था थाहा हुन सकेको छैन ।

इजरायलले नासेर अस्पताल र वरपरका क्षेत्रमा गरिएको सैन्य कारबाहीमा २० जनाभन्दा बढी हमास लडाकु मारेको बताएको छ । इजरायली सेनाले ठूलो परिमाणमा हतियार पनि बरामद गरेको दाबी गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  १ : ४४ बजे