७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

समाजवादी को २३ औं राष्ट्रिय सम्मेलनः अध्यक्षमा नरेन्द्र विश्वकर्मा (सी) सहित १ सय ८१ केन्द्रीय सदस्य निर्वाचित




काठ्मान्डौँ फागुन १०– काठ्मान्डौंमा सम्पन्न विप्लव नेतृत्वको नेकपा निकट अखिल (समाजवादी) को २३ औं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा नरेन्द्र विश्वकर्मा (सी) सहित १ सय ८१ सदस्य निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयन गर्दै हिजो (बुधबार) राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो ।

विप्लव नेतृत्वको नेकपा निकट अखिल (समाजवादी) को कार्यवाहक अध्यक्षमा नरेन्द्र विश्वकर्मा ¬(सी), ( महासचिवमा प्रकाश सी, निर्वाचित हुनु भएको छ भने उपाध्यक्षमा ललित सी, र कोषाध्यक्षमा बबरजङ्ग सी निर्वाचित भएका हुन् ।

त्यस्तै, सचिवमा मदन सी, कपिल सी, अटल सी, प्रकाश सी, नतासा सी, प्रकाश सी सर्वसम्मतले निर्वाचित भएका छन् । यस्तै उक्त राष्ट्रिय सम्मेलनबाट १ सय ८१ सदस्य केन्द्रीय समितीमा विजयी हुनु भएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ८ : १० बजे