७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ट्राफिक व्यवस्थामा हातेमालो गरौ गृहमन्त्री श्रेष्ठ




बाँके, फागुन १०, दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि सरोकारवाला सबै पक्षबीच सहकार्य जरुरी भएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताउनुभएको छ ।

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि नेपाल प्रहरीले सुरु गरेको ट्राफिक सप्ताह–२०८० को बिहीवार नेपालगञ्जमा शुभारम्भ गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ूट्राफिक व्यवस्थापन राज्यको कुनै एकपक्षले मात्रै गरेर नहुने भएकाले सबैको साथ र सहयोग आवश्यक छ ।ू उहाँले दुर्घटनाबाट हुने मानवीय क्षति एकदमै दुःखद हुने भन्दै पछिल्लो १० वर्षमा जनयुद्धमा जत्तिकै मानिसहरुको निधन भएको र घाइतेहरुको अवस्था कहालीलाग्दो रहेको भन्दै ट्राफिक अनुशासन पालनामा सबै इमानदार हुनुपर्नेमा जोड दिनुभयो ।

दुर्घटनासँगै आम जनतालाई ट्राफिक समस्याले गन्तव्यमा पुग्न असहज हुने गरेको उहाँको भनाइ छ । दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि सडक र सवारी साधनको गुणस्तरमा ध्यान दिने, सवारी चालक र यात्रुहरु चेतनशील र अनुशासित भएमा मात्र सकारात्मक परिवर्तन ल्याउन सकिनेमा उहाँले जोड दिनुभयो । ट्राफिक प्रहरी पनि यसका लागि प्रतिबद्ध र सक्रिय रुपमा लाग्नुपर्ने भन्दै उहाँले उचित साधनस्रोत र प्रविधिको अभावमा उनीहरुले काम गरिरहेको बताउनुभयो ।

ट्राफिक सप्ताहले ट्राफिक नियमबारे जानकारी गराउने, दुर्घटना र ट्राफिक अस्तव्यस्तताका कारण पहिल्याउने र त्यसबाट बच्न ट्राफिक नियम पालनामा अनुशासित बनाउन सबैको ध्यान जाने उहाँले बताउनुभयो । स्वयंसेवी संस्था बाहेक ट्राफिक प्रहरी पनि सक्रिय लाग्नेछ । उहाँले सवारी साधनको गुणस्तरको परीक्षण गर्ने, सडकको गुणस्तर राम्रो बनाउने र योग्यले मात्रै सवारी चालक प्रमाणपत्र पाउने गरी नयाँ ढङ्गले जाने बताउनुभयो ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  १ : ०२ बजे