७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ब्राजिलका पूर्व खेलाडी ड्यानी आल्भेस बलात्कार आरोपमा दोषी ठहर




काठमाण्डौ फागुन १०,– ब्राजिलका पूर्व खेलाडी ड्यानी आल्भेस बलात्कार आरोपमा दोषी ठहर भएका छन् । बार्सिलोना र ब्राजिलका पूर्व फुटबलर आल्भेसलाई स्पेनको एक अदालतले बार्सिलोनाको रात्रि क्लबमा एक महिलालाई बलात्कार गरेको आरोपमा दोषी ठहर गरेको हो । ४० वर्षका उनलाई साढे चार वर्षको जेल सजाय सुनाइएको छ ।

आल्भेसलाई सन् २०२२ डिसेम्बर ३१ तारिखमा स्पेनकी एक महिलाले बलात्कार आरोप लगाएकी थिइन् । आल्भेसले बार्सिलोना, युभेन्टस र पेरिस सेन्ट जर्मेइन ९पीएसजी० लगायतका क्लबबाट खेलिसकेका छन् । आल्भेस कतारमा भएको विश्वकप फुटबलमा ब्राजिलको टोलीमा थिए । उनी विश्वकप खेल्ने सबैभन्दा पाको उमेरका ब्राजिलका खेलाडी पनि बनेका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  १ : १२ बजे