७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

क्यानले २० लाख रुपैयाँ जाजरकोटका भूकम्प पीडितलाई सहयोग गर्यो




काठमाण्डौ फागुन १२, – नेपाल क्रिकेट सङ्घ ९क्यान० ले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २० लाख रुपैयाँ जम्मा गरेको छ ।

आईसीसी टी–२० विश्वकप २०२४ को एसिया छनोटअन्तर्गत फाइनल खेलको टिकटबाट प्राप्त ५० प्रतिशत रकम अर्थात् २० लाख रुपैयाँको चेक आज क्यानका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।

यो रकम गएको कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पका पीडितको राहत र पुनर्स्थापनामा खर्च हुनेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ९ : २४ बजे