७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

प्लास्टिकजन्य फूल प्रयोग गर्नेलाई कारबाही गरीने




काठमाण्डौ फागुन १२, – प्लास्टिकजन्य फूलको प्रयोग गरेको भेटिए काठमाण्डौ महानगरले कारबाही गर्ने बताएको छ ।

गएको साउनदेखि काठमाण्डौ महानगरपालिकाले सजावट वा अन्य प्रयोजनका लागि प्लाष्टिकजन्य फूलको प्रयोगमा रोक लगाएको छ । अहिले पनि केही पार्टी प्यालेसले लुकीछिपी प्लास्टिकजन्य फूलको प्रयोग गरिरहेको जानकारी प्राप्त भएकाले महानगरले त्यस्ता ठाउँमा निगरानी गरी प्रयोग गरेको पाइएमा कारबाही गर्ने जनाएको हो ।

महानगरले गएको साउन १ गतेदेखि ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सजावटका वस्तु तथा सामग्री ल्याउन, भण्डारण गर्न र बिक्री गर्न प्रतिबन्ध लगाएको छ ।

प्लास्टिकजन्य वस्तुका कारण सृजित फोहर घटाउन तथा वातावरणलाई स्वच्छ बनाउने उद्देश्यले महानगरले प्लास्टिकका फूलसँगै ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउँदै आएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताउनुभयो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  १० : ४४ बजे