७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

औधोगिक क्षेत्र संचालन गर्न स्थानिय सरकारको चासो




कोहलपुर बाँके फागुन १४, बाँकेको बैजनाथ गाउँपालिका ३ नौवस्तामा रहेको औधोगिक क्षेत्र संचालन गर्न स्थानिय सरकारले चासो देखाएको छ । बैजनाथ गाउँपालिकाले नौवस्ता औधोगिक क्षेत्रमा चालु आर्थिक वर्षमा गरीएको ड्रोन सर्भे बाट प्राप्त नक्सका सम्बन्धमा स्थलगत छलफल गरेको छ ।

औधोगिक क्षेत्र संचालन गर्नको लागि नेपाल सरकारले २०७१ साल देखि कार्यक्रम संचालन गरेको हो । जनता र सरकारको दोहोरो अवरोधले गर्दा सम्पन्न हुन नसकेको औधोगिक क्षेत्र अब समधान गरी सम्पन्न गर्ने बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकास बहादुर शाहीले बताउनु भयो ।

जनताको समस्या समधान गर्ने र औधोगिक क्षेत्र संञ्चालन गर्नु पर्छ भन्ने उदेश्यले केन्द्रिय औधोगिक लिमिटेड संग सहकार्य गरेर राजनैतिक र जनताको सहमतिमा गत मंसिर १२ गते ड्रोन सर्भे बाट म्याप संकलन गरीएको बताउनु भयो । नक्साङकनको पोइन्टका आधारमा कति घर पर्छ र कति बचाउन सकिन्छ भनेर स्थलगत अनुगमन गरीएको बताउनु भयो ।


औधोगिक क्षेत्रको व्यवस्थापन संगै स्थानिय जनताको पनि संरक्षण हुने गरी औधोगिक क्षेत्र निर्माण गरीने अध्यक्ष शाहीले बताउनु भयो । औधोगिक क्षेत्र निर्माण पश्चात २० हजार युवालाई रोजगार प्रदान गर्ने लक्ष्य लिएको बताउँदै अनुगमन गरीएको स्थानमा चिन्ह् लगाउने काम गरीएको जानकारी दिनु भयो ।


उक्त अवसरमा बोल्दै औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेड संचालन समितिका अध्यक्ष बाबुराम पन्तले औधोगिक क्षेत्र निर्माणले छिटो नै गति लिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

हामीले विवादित क्षेत्रको रुपमा अनुगमन गरीएको बताउँदै नौवस्ता औधोगिक क्षेत्र निर्माणका लागि छुट्टाईएको बजेटले जमिन सम्याउने काम गरी ३ वर्षको अवधि सम्म निर्माण सम्पन्न गरीने जानकारी दिनु भयो । बैजनाथ गाउँपालिका वडा नम्बर ३ नौवस्थाका स्थानियले औधोगिक क्षेत्र निर्माण गर्दा बासिन्दाको उचित व्यवस्थापन गरीनु पर्ने बताएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १ : ५५ बजे