७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

छोरा भेट्न नदिइएको भन्दै भारती मानन्धरले गरिन् विष सेवन



कोहलपुर बाँके फागुन १५- विद्यालयमा छोरालाई भेट्न नदिएपछि नेपालगन्जका गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गर्नु भएको छ ।

मंगलबार अपराह्न ४ बजेको बिचमा भारतीले विष सेवन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख सुवाषचन्द्र बोहराले जानकारी दिनुभएको छ ।

अहिले भारतीको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्थास्थिर रहेको बाँके प्रहरीले जनाएको छ ।

विद्यालयमा छोरालाई भेट्न नदिएपछि उनले विष सेवन गरेको भन्ने सामान्य जानकारी आए पनि यस सम्बन्धमा अनुसन्धान भइरहेको उहाले बताउनु भयो ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  २ : ३२ बजे