७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

थप ४ दिन शर्मिला वाइबालाई हिरासतमा राख्न अदालतको अनुमति



कोहलपुर बाँके फागुन १७, कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ।

उनलाई हिजो सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौँ ल्याइएकोमा आजअदालतबाट थप अनुसन्धानका लागि ४ दिनको म्याद लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

खतिवडाले आफूविरुद्ध कुटपिट गरेको भन्दै वाइबाविरुद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी गरेपछि फरार भएकी उनलाई बुधवार सिन्धुपाल्चोकबाट पक्राउ गरिएको थियो।

उजुरी परेपछि उनी भागेर सिन्धुपाल्चोक पुगेको सूचना पाएको प्रहरीले बाह्रबिसेबाट पक्राउ गरेको थियो। उनीविरुद्ध ब्ल्याकमेलिङ तथा कुटपिट गरेको आरोप लगाइएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  १२ : ०० बजे