६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

कोहलपुर वडा नम्बर २ का सुकुम्बासीको समस्या समधान गरीने




बाँके फागुन १८– ‘‘सुरक्षित बसोबासको सुनिश्चित आधार, लहिंसा मुक्तिको लागि महिलाको मूल आधार’’ भन्ने मूल नाराका साथ नेपाल महिला एकता समाज बाँकेले सरोकारवाला र स्थानिय महिलासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

समाजकी जिल्ला अध्यक्ष आशा घर्ति मगरको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिकाका सामाजिक विकास शाखाका संयोजक इश्वरी प्रसाद बिकको प्रमुख आथिति रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति विश्वकर्माले शान्तिपूर्ण वातावारण सृजना गर्न महिलाको भूमिका हुने भन्दै महिलाहरुको रहेक समस्यालाई उठान गरीने बताउनु भएको छ । महिलालाई आत्मानिर्भर बनाउनको लागि कोहलपुर नगरपालिकाले क्षमता अभिवृद्धिका तालिमहरु संचालन गरीने प्रतिवद्धता गर्नु भएको छ । भुमिहिन, सुकुम्बिासी नागरीकलाई लालपुर्जा वितरण गर्ने र उनिहरुले पाएको समस्यालाई समधान गरी लैजाने बताउनु भयो ।

उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिका वडा नंं २ का वडा अध्यक्ष हरी कठायतले लालपुर्जा वितरण गर्नको लागि फिल्ड भेरियशन गरी नक्सा ल्याइसकेको बताउनु भएको छ । ३३ प्रतिशत महिलालाई सहभागि गराईएको भन्दै उहाँले सुकुम्बासीले भोगेका समस्यालाई समधान गरी हरेक स्थानमा महिलालाई पहिलो प्राथामिकता दिने बताउनु भयो । उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका ५ वटा जिल्लाबाट महिलाको प्रतिनिधित्व रहेको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  २ : ३३ बजे