७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

नेपाली महिला आन्दोलनको बिकासः सम्भावना र चुनौती



(सन्दर्भ आठ मार्च)


सत्य पहाडी काठ्मान्डौ फाल्गुन २५– जनसंख्याको आधा हिस्सा ओगट्ने महिलाहरु समाजको अस्तित्व गति र रुपान्तरणका समान सामmेदार हुन । सामाजिक बिकासको कुनै अवस्थामा समाजको चरित्र मातृ सत्तात्मक थियो । परिवार र समाजको अगुवाई महिलाहरुलै नै गर्दथे । श्रमबिभाजन र निजित्वकौ बिकास संगै क्रमसः मातृ सत्तात्मक समाजको चरित्र पितृ सत्तात्मक बन्न पुग्यो । महिलाहरु शासकबाट शासित बन्न पुगे । त्यस पछि उत्पीडनको शुरुवात भयो ।


पितृसत्तात्मक उत्पिडनलाई जाहेज सावित गर्न धर्म कर्मका अरु आधारहरु थपिदै लगियो । हजारौं बर्षको उत्पिडन र विभेदकारी समाज ब्यवस्थाले महिलारुलाई दोस्रो दर्जाको नागरिककौ रुपमा दर्ज गरिदियो राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक विभेदको अवस्थाले महिलाहरुलाई मनोबैज्ञानिक रुपमा समेत कमजोर तुल्यायो ।

औधोगिक क्रान्तिको प्रकृयासंगै महिलाहरु जव घरबाट कारखानामा काम गर्न शुरु गर तव देखि आफ्नो क्षमता र आफुमाथि भएको अन्यायको अनुभुति सघन रुपमा गर्न थाले महिलाहरुमा बिकसित हुदै गएको यो चेतनाले प्रारंभमा समान कामको समान ज्यालाको निम्ति संगठित रुपले आवज उठाउन प्रेरित गर्यो । त्यसपछि क्रमशः राजनीतिक र सांस्कृतिक अधिकारको प्रश्न उठ्दै गयो ।

फ्रान्सेली राज्य क्रान्तिसंगै स्वतन्त्रता, समानता र मातृत्वको बिषय सम्वन्धि बहस शुरु भए पनि ब्यवहारतः महिलाहरुले समान अधिकारको उपयोग गर्ने वातावरण बन्न पाईरहेको अवस्था थिएन । १९औं शताब्दीमा माक्र्सवादको जन्म संगै समानताको एजेण्डा केवल वहस मात्र एजेण्डा नभएर कार्यन्वयनको एजेण्डा बनाउनु पर्ने परिस्थिती समेत बन्दै गयो । यसै सन्दर्भमा विश्व व्यापि रुपमा समान कामको समान ज्याला पुरुष सरह समान हकको एजेण्डामा महिलाहरु आन्दोलित हुदै गए । सन १९१७ मा सम्पन्न रुसी अक्टोवर क्रान्ति महिलाहरुको जागरण, आन्दोलन र अधिकार उपभोगको दृष्टिले विशिष्ट मोड बन्न पुगयो । यसैको सेरोफेरोमा बिभिन्न नारीवादी दृष्टिकोणहरु समेत देखा पर्न शुरु गरे ।


दक्षिण एशियाली उपमहादिपमा मनुवादले महिलाहरुलाई दास्रो दर्जामा राख्ने बैचारिक आधारको काम गर्यो । बीसौं शताव्दीमा प्रारम्भ भएको लोकतान्त्रिक र समाजवादी आनदोलनको बहस संगै महिलाहरुमा जागरण र अधिकारको निम्ति आन्दोलनको बिजारोपण हुन थाल्यो ।


नेपालको सन्दर्भमा राण शासन बिरोधि आन्दोलन संगै शुरु भएको महिला आन्दोलन राजनीतिक आन्दोलनको बिकास संगै बिकसित र विस्तार हुदै गयो । बि.सं २००७ सालको राजनीतिक परिवर्तनसंगै मोतीदेबि श्रेष्ठ, मंगलादेबि सिंह लगायतका महिला नेतृहरुले आफुलाई प्रत्यक्ष मोर्चामा सहभागि गराउन थाले । क्रमशः अन्य महिलाहरु पनि राजनीतिक र सामाजिक गतिबिधिहरुमा सहभागि हुन शुरु गरे । २०४६ सालमा आईपुग्दा महिला आन्दोलनले सामान्य आकार ग्रहण गर्न थाले पनि राज्यलाई दबाव दिने र राज्यको संरचनागत स्वरुपमा परिवर्तन गर्ने हदसम्म भने बिकसित हुन सकेको थिएन ।


२०५२ सालमा माओवादीको नेतृत्वमा भएको जनयुध्दको शुरुवात संगै महिला जागरण गुणात्मक ढंगले वृद्घि भयो । राजनीतिक संगठन, सैन्य मोर्चा, उत्पादन र संघर्षका सबै क्षेत्रमा महिलाहरुले आफ्नो योग्यता र क्षमताको प्रदर्शन गर्ने अवसर प्राप्त गरे । देशका सबै वार्ड र टोलहरुबाट महिलाहरुले आन्दोलनमा आफुलाई सरिक बनाए । परिणामत ः त्यो बेलाको राज्य समेतले महिलाहरुको स्वतन्त्रता, समानता तथा सहभागिता को अधिकारको सम्मान गर्न शुरु गर्यो ।

१० बर्षको जनयुद्घको जगमा संगठित भएको संयुक्त जनआन्दोलनको सफलासंगै मुलुकमा समानुपनतिक समावेशी अधिकारको नयाँ अध्याय शुरु भयो । यस अर्थमा नेपाली जनयुद्घ नेपाली महिला मुक्ति आन्दोलनको केन्द्रिकृत अभिव्यक्ति थियो । सशक्त महिला आन्दोलनले जनयुद्घमा ऐतिहासिक टेवा पु¥यायो भने जनयुद्घको वैचारीक एवं राजनीतिक मार्ग दर्शनले महिला आन्दोलनलाई बिकसित हुने विस्तारीत हुने अवसर प्रदान ग¥यो ।


नेपाली जनक्रान्तिको सफलताको परिणाम स्वरुप स्थापित भएको संघिय लोकतान्त्रिक गणतन्त्रले नेपाली महिला आन्दोलनका प्रतिफलहरलाई संबैधानिक रुपमा लिपिवध्द गरिदिएको छ । मिश्रित निर्वाचन प्रणाली मार्फत राज्यका सबै तहका नप्रतिनिधिमूलक संस्थाहरुमा महिला सहभागिता गुणत्मक ढंगले बृध्दि भएको छ । त्यसैगरी समानुपातिक समावेशी मुल्य अनुरुप राज्यका सबै निकायहरु र अंगहरुमा महिला सहभागिता बढोत्तरी हुदै गएको छ ।

गैर सरकारी एवं नागरीक स्तरमा समेत महिला अधिकारको निम्ति वकालत गर्ने काममा उल्लेख्य प्रगति भएको छ । महिला आयोगले संबैधानिक मान्यता प्राप्त गरेको छ । महिलाहरुमा जागरण र आत्मबिश्वासको मात्रा बढ्दै गैएको छ । महिला आन्दोलनका यी उपलब्धिहरु प्रति गर्भ गर्नै पर्दछ ।


उपलब्धिको यो जगमा नेपालको महिला आन्दोलनको भविष्यलाई शुखद एवं उज्यालो रुपमा अपेक्ष गर्न सकिन्छ । महिलाहरु अधिकारको निम्ति सजक हुदै गएका मात्र होईनन् त्यसको उपभोगका लागि समेत आफुलाई तयार गर्दै लगिरहेका छन । राष्ट्रपती, प्रधानन्यायधिस, सभामुख, पार्टी प्रमुख, मन्त्रीहरु, सांसदहरु, उद्यमी, प्राज्ञीक, ब्यक्तित्वको रुपमा महिलाहरुले उत्कृष्ट कार्य संपादन समेत गर्दै आएको अवस्थाले नेपालको महिला आन्दोलनको बिकास र भविष्यलाई सकारात्मक रुपले प्रस्तुत गर्दछ । यो नेपाली आन्दोलनको उपलब्धि र संभावना पनि हो ।


हामीले उपलब्धि र संभावनाको बारे चर्चा गरीरहदा महिला आन्दोलन सामु खडा भएका चुनौतिहरुलाई नजरआन्दाज भने गर्नु हुदैन । जनयुद्घ र जनआन्दोलनको क्रममा स्थापीत मानकहरु ओझेल पर्दै हुनकी भन्ने चिन्ता बिभिन्न कोणबाट प्रकट हुनु गंभिर बिषय हो । संबिधानले निर्दिष्ट गरे बमोजिम कानुनी ब्यवस्था हुन नसक्नु, समावेशीकरण र समानुपातिकतालाई कमजोर बनाउनेगरी बहस उठ्न खोज्नु महिला आन्दोलनका चुनौतीहरु हुन् ।

यसको अन्तर्यमा परिवर्तनको अगुवाई गरेको क्रन्तिकारी पार्टीको भूमिका र स्थान केहि कमजोर बन्नुको परिणाम आन्दोलनले पैदा गरेका एजेण्डाहरुका रापताप घट्न पुगेको महसुस हुन्छ । यो नै वर्तमान महिला आन्दोलनको प्रमुख चुनौती हो । परिवर्तनकारी पार्टीलाई सवल नबनाई परिवर्तनका एजेण्डा कार्यन्वयन हुन नसक्ने यथार्थलाई सबैले आत्मसाथ गर्नै पर्दछ । आठ मार्चले यहि रुपमा हामी सबैलाई प्रेरित गरोस । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सबैमा हार्दिक शुभकामना ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ८ : २१ बजे