७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ट्रकको ठक्करबाट कोहलपुरमा पैदल यात्रीको मृत्यु




कोहलपुर बाँके चैत १ – कोहलपुर-नेपालगन्ज सडक खण्ड अन्तर्गत कोहलपुर ८ राम नगर नजिकै ट्रकले ठक्कर दिदा एक पैदल यात्री मृत्यु भएको छ।

ट्रकको ठक्करबाट कोहलपुर नगरपालिका वडा नम्बर १३ सीमरी बस्ने वर्ष ६० को रामदिन थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।

नेपालगन्जबाट डोल्पा जाँदै गरेको चामल बोकेको मालबाहक भे १ ख ४१४६ नम्बरको ट्रकले ठक्कर दिँदा रामदिन थारु गम्भीर घाइते भएका थिए ।

घाइते थारुलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ५ : ५१ बजे