७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

उपभोक्ता प्रति सचेत छौः नगर उपप्रमुख सुवेदी



शिवानी बिक बाँके चैत २– कोहलपुर नगरपालिकाकी नगर उप प्रमुख संगिता सुवेदीले उपभोक्ता प्रति सचेत रहेको बताउनु भएको छ । ‘‘स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार’’ भन्ने मूल नाराका साथ नाराका साथ विश्व उपभोक्ता दिवसको अवसरमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

उपभोक्ताले उपभोग गर्ने बजारी समानहरुको कोहलपुर नगरपालिकाले नियमित बजार अनुगमन गरीरहेको बताउँदै उपभोक्ता आफै पनि सचेत रहन आग्रह गर्नु भएको छ । उपभोक्ताले प्रयोग गर्ने बस्तुहरु गुणस्तरीय र स्वच्छकर हुन पर्ने भन्दै नगरपालिकामा दर्ता नगरेका व्यवसायीलाई दर्ता प्रक्रियामा आउन निर्देशन समेत दिनु भएको छ । बिना लेबल प्याकिङ भएका वस्तुहरुलाई उपभोग्ताहरुले सचेत भएर खरिद गर्नको लागि समेत नगर उपप्रमुख सुवेदीले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत ढोलकराज ढकालले उपभोक्त आफै कमजोर भएको खण्डमा व्यवसायीले फाइदा लिने र उपभोक्ता ठगिने भन्दै सचेत हुनु पर्ने बताउनु भयो । उपभोक्ताहरुको अधिकारलाई स्थापित गर्न उपभोक्ता सचेतनाका कार्यक्रमसँगै अनुगमन र कारबाहीलाई प्रभावकारी बनाइने बताए ।

उक्त अवसरमा बोल्दै उपभोक्ता हित संरक्षण मञ्च कोहलपुरका अध्यक्ष बिष्णु बेलबासेले उपभोक्ता आफै जवाफदेही हुन पर्ने बताउँदै बजार अनुगमनलाई तिव्रता दिँदै आएको समेत जानकारी दिनु भएको छ ।
कोहलपुर नगरपालिका उद्योग सहकारी तथा उपभोक्ता हित संरक्षण उप शाखा प्रमुख अग्नि प्रसाद आर्चायले उपभोग्ताको अधिकार, बस्तुको गुणस्तरीयता, कानुनी अधिकार, बजार अनुगमनको अबस्था, कोहलपुरमा मिसावटको अबस्थाका विषयमा केन्द्रित रहेर कार्य पत्र प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा कोहलपुरमा बजारको उपभोग्य बस्तुको गुणस्तरीताको विषयमा सरोकारवालले प्रश्न गरेका थिए । कार्यक्रममा उपभोक्तासंग सरोकार राख्ने सरकारी तथा गैरसरकारी संघसस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १२ : ५७ बजे