७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

टिप्परको ठक्करबाट १ जनाको मृत्यु



दाङ ३ चैत्र, दाङमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–४ निवासी ४५ वर्षीय काली बहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा डीएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घोराहीबाट गोग्लीतर्फ जादै गरेको रा १ ख २१६२ नम्बरको टिप्परले गएराती सवा ८ बजेको समयमा घोराही १७ को सिस्नेखोला नजिकै चौधरीलाई ठक्कर दिएको थियो ।

टिप्परको ठक्करबाट गम्भिर घाइते भएका चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएर फरार भएको टिप्परसहित चालक घोराही १७ बेलबारका २९ वर्षीय सुनिल चौधरीलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ९ : २२ बजे