७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सर्लाहीबाट दुई भारतीय नागरिक पक्राउ



कोहलपुर बाँके चैत ६ – नेपाल प्रहरीले भारतीय प्रहरीको सर्वाधिक खोजीमा रहेका दुई जना भारतीय नागरिकलाई सर्लाहीको बरहथवाबाट पक्राउ गरेको छ ।

पक्राउ गर्न गएको प्रहरी टोलीलाई नै गोली प्रहार गरेर भाग्न खोजेका भारतीय नागरिक २८ वर्षीय सन्नीकुमार सिंह र २४ वर्षीय जितेन्द्र राउतलाई खुट्टामा गोली हानेर पक्राउ गरेको सर्लाहीका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियारले जानकारी दिनुभयो ।

बरहथवा नगरपालिका–६ मा डेरा गरी बस्दै आएका सिंह र राउतको साथबाट प्रहरीले ९ एमएम प्रिस्टन पेस्तोल म्यागजिन र त्यसमा लाग्ने गोली पनि बरामद गरेको छ । पक्राउ परेका उनीहरूमाथि व्यक्ति हत्या, डाँका, लुटपाटलगायत अपराधका मुद्दा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको गोली लागेर घाइते भएका जितेन्द्रको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ८ : ४० बजे