७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

शैक्षिक क्षेत्र सुधारका लागि प्राज्ञिक विद्यार्थी परिषद



कोहलपुर बाँके चैत ६- शिक्षा क्षेत्रको सुधार गर्नको लागि प्राज्ञिक विद्यार्थी परिषद नेपाल कर्णाली प्रदेशको चौथो अधिवेशन बाँकेको कोहलपुरमा हुने भएको छ ।
शिक्षा क्षेत्रमा शिक्षक, शिक्षाविद र राजनीतिक लगायतले खेल्नु पर्ने भुमिकाको विषयमा उक्त अधिवेशनमा छलफल गरिने आयोजकले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

चैत्र ८ गते देखि १० गते सम्म हुने परिषदको अधिबेशनको उदघाटन चेत्र ८ गते विहान ९ बजे गरिने प्राज्ञिक विद्यार्थी परिषद कर्णाली प्रदेशका अध्यक्ष भिम खरेलले जानकारी दिनु भएको छ ।

उक्त अवसरमा बोल्दै प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कर्णाली प्रदेशका केन्द्रिय महासचिव विष्णु पंगेनीले
शिक्षा सम्वन्धि हरेक समस्याहरुबारे परिषदले नियमित वकालत र सरकारको ध्यानाकर्षण गराउदै आएको बताउनु भएको छ ।

नेपालमा अनुमतिविना, नियम विपरीत चलिरहेका विदेशी विश्वविद्यालयबा सम्बन्धन प्राप्त क्याम्पसहरूको अनुगमन तथा खारेजी प्रक्रियालाई तुरुन्त अगाडि बढाउन पहल गरिएको भन्दै
हरेक विश्वविद्यालयको एकीकृत शैक्षिक पात्रो निर्माण गर्दै विद्यालय र विश्वविद्यालयको पात्रोमा एकरूपता कायम र राज्यले विद्यालयलाई दिने दरवन्दी तथा स्रोतको विभाजन भूगोल, विद्यार्थी संख्या र परिस्थितिका आधारमा सुनिश्चित गर्दै संख्या कम हुँदै गएका विद्यालय समायोजनको प्रक्रिया यथाशीघ्र गरि आफना अभियानहरु सञ्चालनमा रहेको उल्लेख गर्नु भएको छ ।


हरेक ब्यक्तिमा आत्मानुशासनका निम्ति पनि प्राज्ञिक विद्यार्थी परिषद गठन गरिएको र सोहि बमोजिम परिषदले आफना क्रियाकलापलाई शशक्त रुपमा समाज परिवर्तनको पाटोसंगै जोडर अघि बढिरहेको बताउनु भएको छ ।
कर्णाली प्रदेश परिषदका अध्यक्ष भिम खरेलले आफनो परिषदले बाँके बर्दियालाई कणार्ली प्रदेशमा नक्शांकन गरि परिषदको अधिबेशन समेत कोहलपुरमा आयोजना गरेको प्रष्ट पार्दै परिषदले ३ देखि ५ सम्म हिमाल देखि तराई सम्मका जिल्ला समेटि प्रदेश स्थापना गर्नुपर्ने सरकारको ध्यानाकर्षण गराएको भएपनि सुनुवाई नभएको भन्दै ग्रासरूट सम्मका जनताको आवाजलाई एक न एक दिन सरकारले कार्यान्यन गर्नेपर्नेमा जोड दिए ।

अधिवेशनमा बिभिन्न बिषयमा समुहगत छलफल गरि बिभिन्न साझा मुद्धाहरु तय गर्दै सरकारको ध्यानाकर्षण गराउने छ भने परिषदको नयाँ नेतृत्व समेत चयन हुनेछ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ३ : ३४ बजे