७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

करेन्ट लागेर एक महिलाको मृत्यु




कोहलपुर बाँके चैत ९-, बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
बाँकेको बैजनाथ १ चिसापानीमा आफ्नै घरमा करेन्ट लागेर बर्ष २७ कि लक्ष्मी बुढाको मृत्यु भएको इलाका प्रहरी कार्यलय कोहलपुरले जानकारी गराएको छ।


घरमा सरसफाई गर्दा लत्रीएका केवलकार लगायतको तार छरपस्ट भएको हुँदा तार सर्ट भएर करेन्ट लागेको हुन सक्ने मृतक लक्ष्मिका श्रीमान गणेश बुढाले जानकारी दिनु भएको छ।

करेन्ट लागे लगत्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याउदा ल्याउदै बुढाको मृत्यु भएको थियो, भने अहिले मृतकको शव पोष्टमार्टमको लागि नेपालगन्ज लगिएको इलाका प्रहरि कार्यलय कोहलपुरले जनाएको छ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ९ : २२ बजे