७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

हिमाल आरोहणका लागि अनुमति लिने क्रम सुरु



काठमाण्डौ चैत १८– वसन्त ऋतुमा नेपालमा हिमाल आरोहणका लागि अनुमति लिने क्रम शुरु भएको छ । अहिलेसम्म छ वटा हिमालका लागि ६८ जनाले आरोहण अनुमति लिएका पर्यटन विभागले जनाएको छ । अनुमति लिनेमा २१ जना महिला आरोही छन् । सबैभन्दा धेरै अन्नपूर्ण हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् ।

यस्तै सगरमाथाका लागि २३ जना, आमाडब्लमका लागि ८ जना, पुथा हिउँचुलीका लागि सात जना, हिम्लुङ हिमालका लागि दुई जना र जुगल ३ हिमाल आरोहणका लागि एक जनाले अनुमति लिएका विभागले जनाएको छ ।

आरोहीबाट सरकारले चार करोड ६ लाख ५१ हजार रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ । बैशाख जेठ महिनालाई नेपालमा आरोहणको मुख्य याम मानिन्छ । हिमालमा शरीरलाई अनुकूल बनाउन तथा आरोहणको तयारीका लागि आरोही हिमालका आधार शिविरतर्फ जान थालिसकेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  १ : ०१ बजे