७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

खजुरा क्यान्सर अस्पतालमा आगलागी



कोहलपुर बाँके चैत १८, बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी भएको छ । अस्पतालमा रहेको सिटि स्क्यान रुममा आगलागी भएको अस्पतालका मेसु डा।प्रकाश साहले जानकारी दिनुभयो । साढे चार बजे सिटि स्क्यान रुमबाट धुवाको मुस्लो निस्किएको साहले बताउनुभयो ।

अहिलेसम्म दमकल पुग्न सकेको छैन । स्थानीयबासीहरुले पानी हालेर आगो निभाउने प्रयास गरेका छन् । तर, भित्र जाने स्थिति नभएको मेसु साहले स्वास्थ्य पेजलाई बताउनुभयो ।

अस्पतालको सिटि स्क्यान रुमबाट धुँवा निस्किएको देखिएपछि नियन्त्रणका लागि दमकल बोलाइएपनि अझै दमकल पुग्न सकेको छैन । ‘सिडियो सापलाई दमकल पठाउन भनेको छु तर अझै आएको छैन’(साहले भन्नुभयो ।

सिटि स्क्यान र बिरामी वस्ने ब्लक फरक रहेकाले मानवीय क्षतीको जोखिम भने नभएको साहले बताउनुभयो ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  १२ : २० बजे