७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

एसइई परिक्षा ः बाँकेमा चिट चोराउने ५ जना पक्राउ



कोहलपुर बाँके चैत २१- एसईई परीक्षण परिक्षामा सूचना प्रबिधीको प्रयोग गरि मर्यादा बिपरितका गतिबिधी गर्ने र गराउने कार्यमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मर्यादा बिपरितका गतिबिधी गर्नेरगराउने कार्यमा संलग्न ६ जनालाई नियन्त्रणमा लिइएकोमा ए वान कन्सल्टेन्सीको रेसिप्सोनिस्ट स्नेहा चौधरीलाई सोधपुछ गरि छाडिएको र बांकी ५ उपर अनुसंधान भैरहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

नियन्त्रण गरि अनुसंधान भैरहेको ५ जना मध्ये लोटस ईगलिस मिडियम हाई स्कुलका पृन्सिपल तपन शर्मा र सोही बिद्यालयका पार्ट(टाइम शिक्षक अफ्ता खान रहेका छ्न भने कन्सल्टेन्सिका संचालक ईर्फान अलि मिकरानी का अतिरिक्त दिलिप बिक र संतोष नेपाली रहेकाछ्न ।

कन्सल्टेन्सिमा रहेका निजहरुले मोबाइल प्रयोग गरि प्रश्न पत्र आउट गराउने र उत्तर तयार गरि व्हाट्स एप मार्फत बिद्यार्थीलाई पठाउने गर्दै आएको प्रशासनले जनाएको छ।

कन्सल्टेन्सिबाट मोबाइल – ५ थान , ल्यापटप( १ थान , गाईड ,सोलुसन , केही मोबाइल नम्वर उल्लेख भएको कागत बरामद भएको र लोटस स्कुलका शिक्षक अल्ताफ लगायतले भने २७ जनाको व्हाट्स एप ग्रुप बनाई ती ग्रुपहरुमा भटाभट उत्तर पठाउने कार्य गर्दै रहेको अवस्थाका मोबाइलहरु केन्द्रबाट बरामद गरिएको छ।

परिक्षालाइ मर्यादित बनाउन ज्ञानोदय विद्या निकेतन केन्द्रका केन्द्राध्यक्ष सहितको टिमलाई परिवर्तन गरिएको बाँके प्रशासनले जनाएको छ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ४ : ३९ बजे