७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

कोहलपुरमा रुखबाट खस्दा एकको मृत्यु




बाँके चैत २४- बाँकेको कोहलपुरमा रुखबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ।
कोहलपुर नगरपालिका वडा नं.१३ भरैया बाख्ला जामुना बस्ने बर्ष ६६ का जित बहादुर पुलामी मगर घास काट्न रुखमा चढ्दा खुट्टा चिप्लिएपछि उनको मृत्यु भएको वडा नम्बर १३ का वडा सदस्य बलु घर्तिले जानकारी दिएका छन ।

घाँस काट्न गएका जित बहादुर रुखबाट खसेको थाह पाउने बित्तिकै वरिपरि गाइभैसि चराउन लागेका छिमेकिहरुले देखेर अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको घर्तीको भनाई रहेको छ। मृतक जितबहादुरको शव अहिले पोष्टमार्टमको लागि नेपालगन्ज भेरि अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

कोहलपुर नगरपालिकाका १५ वडा मध्य कृषि तथा पशुपालनमा पोर्टेनसियल एरिया मानियको बाख्ला जनुना क्षेत्रका अधिकांश जनताहरु आफना गाई बस्तुका लागि घाँस लिन स्थानिय वन क्षेत्रमा जाने गरेका छन ।

भरैया जोडने पुल नहुदा हरेक बर्षातमा जोखिम मोलेर वनमा दाउरा घाँस जानेहरु यस्ता खाले ुदर्घटनाले ज्यान गुमाउदै आएका छन भने निकुञ्जका वन्य जन्तुहरुवाट समेत प्रताडित हुदै आएका छन ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ३ : ५१ बजे