७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

एक सयले बढ्यो सुनको मूल्य



काठमाडौँ, चैत २७, स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज सामान्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु, एक सयले बढेको छ ।

सोमबार प्रतितोला रु। एक लाख ३६ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु। एक लाख ३६ हजार तीन सय निर्धारण भएको छ ।

त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला रु। एक लाख ३५ हजार पाँच सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने रु। एक लाख ३५ हजार छ सय ५० निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्यमा भने कुने परिवर्तन भएको छैन । महासङ्घले आज चाँदीको मूल्य तोलामा रु। एक हजार सय ८५ निर्धारण भएको जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ६ : ३१ बजे