७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

विद्यार्थीलाई सास्कृतिक कार्यमा अग्रसर गराइने ः अध्यक्ष बुढा




बाँके चैत २८– बागेश्वरी बहुमुखी क्याम्पस बाँकेले नव वर्ष २०८१ सालको अवसरमा शुभकामना आदानप्रदान, भित्तेपात्रो तथा सांस्कृतिक कार्यक्रम चैत २९ गते (भोलि) गर्ने भएको छ । क्याम्पसले शुभकामना आदान प्रदान र विद्यार्थीलाई सास्कृतिक कार्यमा अग्रसर गराउने गराउने उदेश्यले उक्त कार्यक्रम गर्न लागेको बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष देवेन्द्र बुढाले पत्रकार सम्मेलन गर्दै जानकारी दिनु भएको छ ।


उक्त अवसरमा राष्ट्रिय चर्चित कलाकार टंक तिमल्सिना र मोडल रुबिना अधिकारीको प्रस्तुती रहने अध्यक्ष बुढाले जानकारी दिनु भयो । आफ्ना शुभचिन्तक, विद्यार्थीहरुको चाहना अनुसार भित्तेपात्रो (क्याण्डेर) लाई बार्षिक कार्यक्रम अन्तर्गत प्रकाशन गरीने जानकारी दिँदै क्याम्पसको स्तारोन्नति र विद्यार्थीको रचनात्मक सिप र क्षमताको लागि विभिन्न रचनात्मक गतिविधि गरेको जानकारी दिनु भयो ।


बागेश्वरी बहुमुखी क्याम्पस तिन प्रदेशको ट्रान्जिट पोइन्टको रुपमा रहेकोले यहाँको शैक्षिक गतिविधिलाई जनस्तरमा पु¥र्याउन, सस्तो र सौलियत दरमा पढाउने र शैक्षिक गन्तव्यलाई डो¥र्याउनका लागि सहयोग पुग्ने बताउनु भयो ।


यस्ता अतिरिक्त त्रियाकलाप लगायतका कार्यक्रमहरुले केवल मनोरञ्जन मात्र प्रदान नगरी विद्यार्थीहरुको प्रतिभा उजागर गर्न साथै विद्यार्थीहरुमा आफ्नो सस्कृतीको सम्वद्र्धनमा समेत सचेतना ल्याउने, विद्यार्थीहरुबिच आपसी सदभावका साथै एकआपसमा सहयोगी भावना जागृत गराउनका लागी समेत यस्ता कार्यक्रमहरु महत्वपुर्ण खेल्ने स्पवियु अध्यक्ष बुढाले बताउनु भयो ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ६ : १८ बजे