७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सुर्खेतमा एक गोदाममा आगलागी




सुर्खेत वैशाख २- सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको एक गोदाममा आगलागी भएको छ ।

वीरेन्द्रनगर–६, मा रहेको ज्वाला ट्रेडर्सको गोदाममा आगलागी भएको हो ।

दिउँसो करिब २ बजे भएको आगलागी अहिले नियन्त्रणमा लिने प्रयास भइहरेको छ ।

नगरपालिकाको दमकल त्यहाँ परिचालित गरिएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ९ : ३० बजे