७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

भन्सार छलिको सामानसहित बाँकेमा २ जना पक्राउ



कोहलपुर बाँके वैशाख ३- । प्रहरीले भन्सार छलिको सामानसहित २ जनालाई पक्राउ गरेको छ ।

बाँकेको नेपालगन्ज १५ र १६ बाट भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको लेडिज सुट, टायल, कार्पेट, कस्मेटिक सामान सहित अन्दाजी मुल्य रु.२,१०,०००।– (दुई लाख दश हजार) बराबरको सामानसहित प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

सामान भन्सार छलीको क्रममा प्रयोग गरिएका सवारी साधनसहित दुवैजनालाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ४ : ३६ बजे