७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बर्दियामा लागुऔषध चरेस सहित १ जना पक्राउ




कोहलपुर बाँके वैशाख ४,-
बर्दियाको बढैयाताल गाउँपालिका २ फुटाहा स्थित बाट सशस्त्र प्रहरीले लागुऔषध चरेस सहित १ जनालाई पक्राउ गरेको छ ।

जिल्ला रुकुम पश्चिम सानोभेरी गाउँ पालिका ५ स्थायी वतन भएका वर्ष ३४ का बम बहादुर पुनलाई सीमा इलाकामा सशस्त्र प्रहरी नायब निरीक्षक सूर्य बहादुर वलीको कमाण्डमा खटिएको टोलीले चरेस सहित पक्राउ गरेको हो ।

शकास्पद हर्कत गरिरहेका पुनलाई संका लागि चेकजाँच गर्दा निजको साथमा रहेको दुई वटा झोलाबाट लागु औषध चरेश जस्तो देखिने पदार्थ अन्दाजी २३ केजी ९३९ प्याकेट०बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल ३१ नंबर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक चित्रांगद दाहालले बताउनु भयो।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ६ : ५६ बजे